प्राग । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का पूर्व महासचिव पेटर पावेल चेक गणतन्त्रका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले आफ्ना पपुलिस्ट प्रतिद्वन्द्वी आन्द्रेज वाविसलाई बिदाइ गरेका बीबीसीले लेखेको छ । सरकारी तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक चुनावी परिणामअनुसार ६१ वर्षीय पावेलले खसेको कूल मतको ५७ दशमलव ६ प्रतिशत मत प्राप्त गरेका छन् ।
चुनावी परिणाम घोषित भए लगत्तै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा सन् २०१७ देखि २०२१ सम्म चेक प्रधानमन्त्री रहेका वाविसले आफ्नो पराजय स्वीकारेका थिए । पूर्व महासचिव पावेलले आगामी मार्चमा दोस्रो कार्यकाल सकिन लागेका राष्ट्रपति मिलोस जेमानको स्थान लिनेछन् ।
वाविस र पावेलबीचको दोस्रो चरणको राष्ट्रपतीय चुनावलाई पपुलिस्ट र उदारवादी प्रजातान्त्रिक समूहबीचको प्रतिस्पर्धाको रुपमा लिइएको थियो । ज्यान मार्ने धम्की तथा गलत सूचनाहरुका कारण चुनावी प्रचार प्रसार अभियान अवरुद्ध भएको थियो ।