नाइजेरियाको एकखानीमा बन्दुकधारीको आक्रमण, १२ जनाको मृत्यु



देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध(सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् । आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् ।

उनीहरूले कडुनाको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रको कुरिगा खानी क्षेत्रमा सोमबार बन्दुकधारीहरूले आक्रमण गर्दा सुरक्षा प्रदान गरिरहेको एनएससीडीसीका प्रवक्ता ओलुसोला ओडुमोसुले राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलन बताएका छन् ।