धनकुटा महोत्सव : ‘कन्सर्ट’को भीडमा च्यापिएर २५ जना घाइते, तीनको अवस्था गम्भीर



धनकुटा । धनकुटा महोत्सवमा भागदौड मच्चिदा भिडमा च्यापिएर २५ भन्दा बढी सर्बसाधरणहरु घाइते भएका छन् । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको भीड अनियन्त्रित भएपछि भाडदौड मच्चिएको हो । उनीहरूमध्ये तीन जना गम्भीर छन् ।

धनकुटा महोत्सवस्थलमा भाडदौडमा च्यापिएर घाइते भएकामध्ये १५ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन् ।


टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन्।

धनकुटा–५ तल्लो टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल भएको थियो । ठेलमठेल पछि दुबैतिरको ढोका खोलिएको थियो । ढोका खोलिएपछि भाडदौड भएको प्रहरीले जनाएको छ ।