तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि आज (मंगलबार) बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् ।

रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । यसअघि पार्टी सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।


रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याललाई पठाउने भएको छ ।