जसपा संसदीय दलको बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज (बुधबार) बस्ने भएको छ ।

यसअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको निष्कर्ष निकालेको थियो ।


संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने र सभामुख निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।