जसपाले थाल्यो विधान अधिवेशनको तयारी



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनको तयारी थालेको छ । आउँदो चैत्रभित्र विधान अधिवेशन गर्ने तयारीमा जसपा जुटेको जनता समाजवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो सांगठनिक अनुभव, प्रमख राजनीतिक दलका सांगठनिक पद्धति र संरचनाबारे अध्ययन थालेको छ । संघीय र समाजवादी मुलुकका विधान अधिवेशनसँग सम्बन्धित दस्तावेजहरु पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ ।


जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिले संगठनहरु गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय संगठन विभागले मातहतका पार्टी संगठन, समितिहरु र भ्रातृ संगठनहरुसँग अभिलेख माग गर्ने भएको छ । जसपाले जेष्ठमा पार्टीको महाधिवेशन गर्ने पार्टीको तयारी गरेको छ । जसपाले मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभामा १२ सिट ल्याएको छ ।ं