जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी



काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट पूर्वी तराईमा उदाएको जनमत र पश्चित तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

‘बदलिँदो राजनीतिक परिवेशलाई दृष्टिगत गरी राष्ट्रिय राजनीतिलाई जनमुखी र परिणाममुखी बनाउन साझा मुद्दा र साझा धारणा भएका दलहरू बीच कार्यगत एकता गर्दै अगाडि बढ्ने अठोट अनुसार हामी वैकल्पिक उदयमान राजनीतिक शक्ति जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका बीचमा आजैका मितिमा सहकार्य गर्ने सहमति भएको छ । हामीले विशेषगरी जनतासँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित, थारू, ओविसी, अल्पसंख्यक तथा महिलामैत्री राजनीतिक वातावरण तयार गराउन यी दुई पार्टीको बीचमा मोर्चाबन्दी गर्दै अगाडि बढ्न सहमत छौं,’ दुई पार्टीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


हेर्नुहोस् विज्ञप्ति :