गरेर खान चाहनेहरू बाँच्नै नसक्ने अवस्था आयो : सीके राउत 



काठमाडौँ । सत्तारुढ जनतम पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहनेका लागि देशमा बाँच्नै नसक्ने अवस्था र‍हेको स्पस्ट पारेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटनाप्रति दुख व्यक्त गर्दै उनले नयाँ पार्टी र पात्रले समेत केही आशा जगाउन नसक्नु दुःखद भएको बताएका छन्।


रावतले अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्ति जस्तै नेपालमा पनि आचार्यको आत्मदाहबाट भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा क्रान्ति ल्याउने हो कि भन्ने आशा गरेका छन्।

‘प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दु:खद छ। हार्दिक श्रद्धाञ्जली ‘