गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ३१ सांसदले विश्वासको मत पाएका छन् ।

शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो । मतदानमा ५८ सांसद उपस्थित थिए । एमालेबाट ज्येष्ठ सदस्य मित्रलाल वस्यालले सभाअध्यक्षको भूमिकामा थिए ।


अधिकारीको पक्षमा ३१ मत परेको छ भने २७ मत मात्रै विपक्षमा परेको छ । नेकपा एकीकृत समाजवादीका सांसद दिपक मनाङे अनुपस्थित भएका छन् । एमालेका अधिकारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् ।