क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन, कोलकाता डाइभर्ट



काठमाडौँ । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता डाइभर्ट भएको छ ।

विमानस्थल स्रोतका अनुसार भिजिलिटी कम भएकाले उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको हो । शुक्रबार बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम रहेकाले अवतरण प्रभावित भएको छ ।