विराटनगर । विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो ।
नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि विराटनगर महानगरापलिका प्रमुख नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनधिकृत संरचना हटाउन थालेको हो । कोसी अस्पतालले सटरको नक्सा पास गरेको छैन । साथै महानगरलाई बहाल करसमेत अस्पतालले बुझाएको छैन ।
विराटनगरलाई यथास्थितिमा राख्न योजनाबद्धरूपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । “विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन अभियान थालेका छौँ”, उनले भने, “महानगरको अभियानमा सबैतिरबाट साथ र सहयोग पाएका छौँं ।” उनले महानगर क्षेत्रभित्र निर्माण गरिएका संरचनाको ६० प्रतिशतले नक्सा पास नगरेको र ३० प्रतिशतले माथिल्लो तलाको नक्सा पास नगरेको बताए ।