कार दुर्घटना इरानमा हुँदा ५ जनाको मृत्यु



इरानको खोरासान रजावी प्रान्तमा मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा भएको दुर्घटनामा पाँच यात्रुको मृत्यु भएको खोरासान रजावी प्रान्तको रेड क्रिसेन्ट राहत तथा उद्धार समितिका प्रमुख अबोलफजल रफीले जानकारी दिएका छन् ।


गाडी सडकमा चिप्लिदा सो दुर्घटना भएको बताइएको छ ।