काबुलको सैन्य विमानस्थल विस्फोटमा १० जनाको मृत्यु, ८ घाइते



तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको र  यसको जिम्मेवारी कसैले  नलिएको बताएका छन् । 

उत्तरी तखार प्रान्तको राजधानी तालुकान शहरमा बुधबार भएको विस्फोटमा चार जना घाइते भएको तीन दिनपछि  यो अर्को  विस्फोटको घटना हो ।


तखारमा तालिवान सुरक्षा कमान्डर अब्दुल मुबिन साफीले विस्फोटको पुष्टि गर्दै स्थानीय प्रशासनिक कर्मचारीको डेस्कमुनि बम राखिएको  जानकारी दिएका छन् । 

पछिल्ला केही महिनाहरूमा युद्धग्रस्त काउन्टीमा विस्फोट लगायतका सुरक्षा घटनाहरू बढ्दै गएको छ ।