कांग्रेस संसदीय दलको बैठक आज बस्दै



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज(शनिबार) बस्दै छ । वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन । बैठकमा संसद्मा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिनेरनदिनेलगायत विषयमा छलफल हुनेछ ।


संसदीय दलको बैठक अघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका थिए । सभापति देउवा निवासमा भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि दलको बैठक बस्न लागेको हो ।