कांग्रेसलाई सरकार ढाल्ने खेलतिर नलाग्न ओलीको सुझाव



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दललाई सरकार ढाल्ने खेलतिर लागेर समय वर्वाद नपार्न सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकार ढाल्ने खेलतिर नलाग्न सुझाव दिएका हुन् । उनले हाम्रो समय रचानात्मक ढङ्गले हाम्रो समय उपयोग गनुपर्ने भन्दै देशका लागि उपयोग गर्न आग्रह गरे ।


केही राजनीतिक कुरा प्रमुख प्रतिपक्षी दलका नेताले उठाएको भन्दै उनले आफू अहिले शुभकामना दिन आएकाले अन्य दिनमा छलफल गर्ने बताए । उनले भने, ‘सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने कहिले काम गर्ने ? अब सांसदहरुले एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै सबैलाई देशका लागि सबैले काम गर्न म सबैलाई आग्रह गर्दछु । लेट्स वर्क टुगेदर। बन्न पाएको छैन विगार्ने खेलतिर लाग्यौ भने समयको बर्वादी हुन्छ।’

अध्यक्ष ओलीले अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको टिप्पणी गरे । उनले अहिलेको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा पुगेकाले सरकारलाई काम गर्न सहज नभएको बताए उनले निर्वाचनपछि बनेको सरकारका लागि धेरै काम गर्नुपर्ने चुनौती रहेको बताए।

राजस्व असुली ‘पहिलोपटक ऋणात्मक’ भएको उल्लेख गर्दै ओलीले यस्तो विगतमा नभएकाले यो गम्भीर अवस्था भएको बताए।

उनले अहिलेको सरकारको धेरै ठूला जिम्मेवारी रहेको भन्दै देशको राजनीति ठिक ढङ्गले र लोकतान्त्रिक रुपले देश विकासमा अग्रसर हुनुपर्ने अवस्था रहेको बताए। राष्ट्रियताको समस्या, कतिपय कामहरु खाली जातका कुरा मात्र नभइ राष्ट्रिय संस्कृतको रक्षा र सम्बर्द्धन गर्नुपर्ने आवश्यकता रहेको ओलीको भनाइ छ।