एयर इन्डियाको उडानमा महिलामाथि पिसाब गर्ने अभियुक्त पक्राउ



गत नोभेम्बरमा एयर इन्डियाको एउटा उडानमा एक जना महिलामाथि पिसाब फेरिदिएका व्यक्तिलाई बेङ्ग्लोरबाट पक्राउ गरिएको छ ।

अभियुक्तले आफू आफ्नी बहिनीकोमा बस्दै आएको बताएका छन्। यसअघि ती व्यक्तिका पिताले आफ्ना छोरा निर्दोष रहेको बताएका थिए । उनले आफ्ना छोरा रहेको ठाउँबारे आफूलाई जानकारी नभएको बताएका थिए ।


यसअघि भारतको एउटा अङ्ग्रेजी अखबार टाईम्स अफ इन्डियालाई उक्त विमानमा यात्राको समयमा भएको घटना र आरोपित व्यक्तिको व्यवहारका बारेमा एक जना यात्रुले बताएका थिए ।

न्यूयोर्कबाट नयाँ दिल्ली आइरहेको उक्त विमानमा सवार एक व्यक्तिलाई एक जना वृद्ध महिलामाथि पिसाब गरिदिएको आरोप लागेको थियो ।

नोभेम्बर २६ मा भएको भनिएको उक्त घटनाबारे प्रहरीलाई उजुरी पनि गरिएको थियो । घटना भएको दिन अभियुक्तको नजिकै रहेको सिटमा अमेरिकामा रहेकी अडियोलोजी सम्बन्धी एक जना डाक्टर सुगता भट्टाचार्यजी पनि थिइन् ।

उनी बिजनेस क्लासको पहिलो लहरमा रहेको झ्याल नजिकैको सिट ८ ए मा थिए भने अभियुक्तको सिट ८ सी रहेको थियो । सुगताले उक्त अखबारलाई भनेकी छन्, ‘उनी रक्सीले मातिएर नियन्त्रण गुमाएका यात्रु थिए। उनले दिउँसोको खानामा नै चार गिलास सिंगल्ट मल्ट व्हिस्की पिएका थिए। उनी मातेका थिए। उनले मलाई तीनपटक एउटै प्रश्न, तपाईँका बच्चाहरू के गर्छन् भनेर सोधे। तब मैले एअरलाइन्सका कर्मचारीलाई उनी मातेका छन् र अब उनलाई थप मदिरा नदिन भनेको थिएँ।’

सुगताका अनुसार ‘जब आरोपितले सिट ९ एमा बसेकी महिलामाथि पिसाब गरिदिए त्यसबेला उनी सुतिरहेका थिए। तर त्यसपछिका घटना उनको आँखा अगाडि भएको थियो।