विराटनगर । नेकपा एमाले प्रदेश एकको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन भएका छन् ।
संसदीय दलको बिहीबार बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।
नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन् ।