काठमाडौँ । जनमत पार्टीबाट खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अम्बदुल खानले आइतबारसम्म मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएका छन् ।
शनिबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दैै उनले यस्तो चेतावनी दिएका हुन् । उनले आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेको समेत बताए ।
खानेपानी मन्त्रालय अस्वीकार गरेपछि त्यसको विकल्पमा छलफल भइरहेको भन्दै उनले आइतबारसम्मको आश्वासन पाएको बताए । उनले भने, ‘आइतबारसम्म पनि टुंगो नलागे सरकारलाई दिएको समर्थन फिर्ता पनि हुन सक्छ ।’ जनमत पार्टीले उद्योग वाणिज्य आपूर्ति वा कृषि मन्त्रालय माग गर्दै आएको छ ।