उत्तरी सेनेगलमा सोमबार बस र ट्रक आपसमा ठोक्किँदा १९ जनाको मृत्यु हुनाका साथै अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
सेनेगलको केन्द्रीय काफ्रिन क्षेत्रमा एक हप्ताको बीचमा भएको यो अर्को ठूलो दुर्घटना हो जहाँ जनवरी ८ मा भएको यस्तै सडक दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।