इन्दिरा राना मगरलाई उपसभामुख बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।


यसअघि सोबिता गौतमलाई उपसभामुखको उम्मेदवार बनाउने बताइएको थियो । सत्ता गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ ।