इजिप्टमा भवन भत्किँदा चार जनाको मृत्यु



इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन भत्किँदा दुई युवाको मृत्यु भएको थियो ।