आत्मदाहका घटना बढेपछि प्रहरीले भन्यो–बोतल र जर्किनमा पेट्रोल बेचे कारवाही हुन्छ



काठमाडौँ । नेपाल प्रहरीले पेट्रोलियम पदार्थलाई खुलारुपमा बोतल र जर्किनलगायतका सामग्रीमा बिक्री नगर्न र सिधै सवारीसाधनमा भर्न आग्रह गरेको छ । अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ खुलारूपमा बिक्री–वितरण गर्दा असुरक्षासँगै आत्मदाहका घटना बढेकाले उक्त निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।