आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

Indigenous people from Tamang community display a traditional woven tray that reads Tamang Sonam Losar during Sonam Lhosar festival in Kathmandu, Nepal on Tuesday, February 05, 2019. Photo: Skanda Gautam/THT


काठमाडौँ । तामाङ समुदायले आज सोनाम ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि देशभर विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

ल्होसार मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।


तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले आज बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । ल्होसार मनाउन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।