काठमाडौँ । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले भ्रमणबारे जानकारी गोप्य राखेपनि नुल्यान्डले माघ १५ मा नेपालको भ्रमण गर्ने तय भएको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनेपछि नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमंण हो । उनी नयाँ सरकारसँग सहकार्यबारे कुराकानी गर्न आउने लागेको बताइएको छ ।
उनले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्नेछिन् । भ्रमणका क्रममा उनले एमसीसी परियोजनाको प्रगतिकाबारेमा पनि छलफ गर्ने बताइएको छ ।