स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन माओवादीमा प्रवेश



काठमाडौँ । रोल्पा क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट खादा लगाएर पुनः पार्टीमा सक्रिय हुने बताएका हुन् । लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका पुनले माओवादी केन्द्रमै रहेर काम गर्ने व्यहोराको पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन् ।


मंसिर ४ गते भएको निर्वाचनमा उनी भारी मतान्तरले प्रदेशसभा सदस्यमा विजयी भएका थिए । त्यतिबेला उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उमेदवार बनेका थिए ।