सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्नआह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले आज एक विज्ञप्ति जारी गर्दै अगामी ७ दिनभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्नसक्ने छैन । सरकार गठन गर्न लागि दुई वा दुईभन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिएको छ ।
सरकार बनाउन २७ सदस्यको आवश्यकता पर्छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न यही पुस २७ गते साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात नेकपा (एकीकृत समाजवादी)का चार राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।
‘संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनैपनि दलले स्पस्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दाबढी दलहरुलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलमई सुदूरपश्चि प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि २०७९ पौष २७ गते बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिन्छ,’ विज्ञप्तिमा लेखिएको छ।