शिक्षामन्त्रीको राजीनामा माग्दै पुत्ला दहन



काठमाडौँ । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गर्दै राजीनामा मागेका हुन्।


शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँच सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पसमा पुत्ला दहन गरिएको हो ।

मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन् । मन्त्रालयले बिहिबार सुचना जारी गर्दै प्रा.वि.तहको पाठ्यपुस्तक छाप्न निजी संस्थालाई दिने निर्णय गरेको थियो ।