विमान दुर्घटनामा मृत्यु हुनेमध्ये ११ जनाको सनाखत (सूचीसहित)



काठमाडौँ । पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ । आइतबार बिहान भएको यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो ।

सनाखत हुनेहरूमा पोखरा–१७ का निशान्त आचार्य, पोखरा–१७ की २३ वर्षीया संगीता शाही, पोखरा–४ का ३८ वर्षीय डा. सुशील श्रेष्ठ, पोखरा–४ का ३६ वर्षीय डा. सोना दिवाकर रहेका छन् ।


यस्तै, पोखरा–१३ का सदाकत अलिमिया, पोखरा–१९ की लक्ष्मी पौडेल, पोखरा–२६ का पूर्णकुमार गुरुङको सनाखत भएको छ । यसैगरी पर्वतको कुश्मा–१ का १० महिनाका रियान पौडेल, कुश्मा–९ की ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा–९ का अरूण पौडेलको पनि सनाखत भएको छ । यस्तै एक जना कोरियाली नागरिक यू क्युङ्घुलको पनि सनाखत भएको छ ।