विमान दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत



काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।


आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य सवार थिए ।