विमान दुर्घटनाप्रति रुसी राष्ट्रपति पुटिनको समवेदना



काठमाडौँ । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाउँदै उनले दुस्ख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ ।


तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार पुटिनले समकक्षी विद्यादेवी भण्डारीलाई आइतबार नेपाली दूतावासमार्फत शोक सन्देश पठाएको सूचना रसियाको सरकारी अड्डा केरमिनलले टेलिग्राममा राखेको छ ।