विज्ञापन गरेको १२ वर्षपछि नतिजा सार्वजनिक



काठमाडौँ । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । खानेपानी संस्थानले २०६७ सालमा प्रकाशन गरेकोे विज्ञापनको नतिजा आज(सोमबार) सार्वजनिक गरेको हो ।

सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ ।


संथानले इन्जिनियर लगायत विभिन्न पदपुर्तिका लागी विज्ञापन गरेको थियो । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।