रुसी राष्ट्रपति पुटिनले गरे युक्रेनसँग ३६ धण्टा युद्धविरामको घोषणा



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको सीमामा शुक्रबारदेखि शनिबार मध्यरातसम्म युद्धविराम गर्न रक्षा मन्त्रालयलाई आग्रह गरेका छन्। किनकि यसबेलामा अर्थोडक्स क्रिसमस मनाइन जाँदैछ।

युक्रेनले युद्ध विरामको आह्वानलाई खारेज गरेर यसलाई फसाउको लागि बनाएको जाल बताएको छ। समाचार एजेन्सी एएफपीको अनुसार रुसका पेट्रिएक किरिलले अर्थोडक्स क्रिसमसको अवसरमा युद्धविरामको लागि आह्वान गरेका थिए।


७६ वर्षिय अर्थोडक्स नेता पुटिन र युक्रेनमा रूसको आक्रमणका समर्थक हुन्। चर्चको वेबसाइटमा उनले भनेका छन्, ‘म किरिल, मस्को र पूरै रुसको पेट्रिएक यो युद्धमा संलग्न सबै पक्षहरूलाई युद्धविरामको लागि अपील गर्दछु। म ६ जनवरी दिउँसो २ बजेदेखि ७ जनवरी राति १२ बजेसम्म ‘क्रिसमस ट्रूस’ प्रस्ताव गर्दछु ताकि मानिसहरू अर्थोडक्स क्रिसमसको अघिल्लो रात र ‘ख्रीष्टको जन्म’ को दिन सेवाहरूमा उपस्थित हुन सकुन्।

युक्रेनले १ जनवरीको रात रुसको कब्जामा रहेको इलाका माकिएव शहरको एक कलेजमा रकेट हमाला गरेको थियो। त्यो कलेजमा रुसी सैनिक रहेका थिए।

रुसको अनुसार राति करिब १ बजे अमेरिकामा बनेको हिमार्स रकेट सिस्टमबाट ६ रकेट फ्याकिएको थियो जसमध्ये दुई रकेटको नष्ट गरिएको थियो।

रुसी सेनाका अनुसार सैनिक प्रतिबन्धका बाबजुद पनि सेनाले ठूलो संख्यामा फोन प्रयोग गरेको र जसका कारण शत्रुलाई आफ्नो स्थानको जानकारी भएको बताएको छ। यस आक्रमणमा कति सैनिक मारिए भन्ने पुष्टि भएको छैन। रुस र युक्रेन दुवैले फरक फरक संख्या बताइरहेका छन्।

रुसका अनुसार युद्धमा अहिलेसम्म मारिएका मध्ये यो ठूलो संख्या हो। तर युक्रेनका अनुसार ४०० रुसी सैनिक मारिएको र ३०० सैनिक घाइते भएका छन्।

रुसको रक्षा मन्त्रालयका अनुसार यस हमालामा रेजिमेन्टको डिपुटी लेफ्टिनेन्ट कर्णल बचूरिनको मृत्यु भएको छ। यस घटनाको एक आयोगले जाँच गरिरहेको छ।