काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।
सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई गैरनागरिक ठहर गरेपछि रास्वपाको सभापतिबाट स्वतः पदमुक्त भएका थिए । आइतबार नागरिकता पुनः प्राप्तिपछि लामिछाने पार्टी सभापतिमा फर्किएका छन् ।