रास्वपाको मन्त्री छान्ने अधिकार रविलाई



काठमाडाैँ । सभापति लामिछानेले सोमबार पार्टीको संसदीय दलको भर्चुअल बैठक बोलाएर सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी लिएका हुन् ।

सोमबार साँझ सत्ता साझेदार दलहरूको बैठक बस्ने र मन्त्रीहरूको टुंगो लाग्ने भएपछि लामिछानेले संसदीय दलको बैठक बोलाएर उक्त निर्णय गराएका थिए ।