रास्वपाकी राना मगरले गराईन् उपसभामुखमा उम्मेदवारी दर्ता, प्रस्तावकमा सोविता गौतम



काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएकी छन् । इन्दिराले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

इन्दिराको प्रस्तावकमा सोभिता गौतम रहेकी छन् । यसअघि सोभिता उपसभामुखमा बन्ने चर्चा थियो । तर, अन्तिम अवस्थामा पार्टी उपसभामुखमा इन्दिरालाई अगाडि सारेको हो ।


सत्ता गठबन्धनको सहमतिअनुसार उपसभामुख रास्वपाको भागबन्डा परेको हो । इन्दिरा झापाबाट रास्वपाको समानुपातिक सांसद हुन् । इन्दिरालाई नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतको दलको समर्थन रहेको छ ।