राष्ट्रिय सभाको रिक्त स्थानका लागि माघ २५ गते निर्वाचन



काठमाडौँ । राष्ट्रिय सभा सदस्यको रिक्त स्थानका लागि २५ माघमा निर्वाचन हुने भएको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए ।