काठमाडौँ । संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोहीअनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।
राष्ट्रिय सभा उपाध्यक्ष पद १ वर्षदेखि रिक्त छ । गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त छ ।