रवि लामिछानेको नागरिकता विवादः यस्तो छ रिट निवेदकले सर्वोच्चमा पेस गरेको बहस नोट



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सांसद बन्ने योग्यतामाथि परेको मुद्दामाथि आजदेखि संवैधानिक इजलासमा  सुनुवाइ सुरु भएको छ ।

बुधबारको बहसमा रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्तिका लागि कुनै पनि प्रक्रियामा नगएको बताएका छन् ।


निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, डा. सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरेका छन । उनीहरुले लामिछानेले दफा ११ को प्रक्रिया स्वीकार गरेको तर पूरा नगरेको जिकिर गरेका छन् ।

नियम ११ मा नै दफा ११ उल्लेख भएको हुँदा दफा ११ स्वीकार गर्नेले नियम ११ लाई अस्वीकार गर्न नमिल्ने उनीहरूको तर्क थियो । रिट निवेदकतर्फका अधिवक्ताहरुले लिखित बहस नोट पनि पेश गरेका छन् ।

यस्तो छ लिखित बहस नोटः