माया र प्रेमले लिए सांसदको शपथ



काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले पद तथा गोपणियताको शपथ ग्रहण गरेका छन् ।

पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा प्रतिनिधिसभा सांसदको शपथ लिएका हुन् ।


आले मातृशोकमा थिए भने राई सुत्केरी भएर अस्पतालमा थिइन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका हुन् ।