मधेशका मुख्यमन्त्रीले पाए सतप्रतिशत सांसदको विश्वासको मत



काठमाडाैँ । मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले सतप्रतिशत सांसदको विश्वासको मत पाएका छन् । उनलाई १०२ सांसदले विश्वासको मत दिएका हुन् ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले संसदमा उपस्थित सम्पुर्ण सांसदको मत प्रस्तावको पक्षमा खसेको जानकारी दिए ।


गत पुस २७ गते जसपा संसदीय दलको नेता यादवले सत्ता साझेदार दलहरु र स्वतन्त्र साँसद गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री बन्ने बेलामा यादवलाई नेपाली काँग्रेस, लोसपा र नेकपा एसले समर्थन गरेको थिएन । तर आज काँग्रेस, लोसपा, नेकपा एस, सत्ता साझेदार सबै दल र तीन स्वतन्त्र साँसदले पनि उनलाई विश्वासको मत दिएका हुन् ।