भारतबाट बढेर आयो इन्धनको मूल्य, निगमले इन्धनमा हालकै मूल्यलाई यथावत् राख्ने



काडमाडौँ ।  इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले आइतबार नयाँ मूल्यसूची पठाएको छ। 

आइतबार प्राप्त भएको नयाँ मूल्यसूची अनुसार मट्टितेलबाहेक अन्यको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ। 


पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा प्रति लिटर २.९५ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ४.१३ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ ले बढेको बढेको र मट्टितेलमा केही घटेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत् राख्ने भएको छ । भारतबाट केही मूल्य बढेर आएपनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने भएको हो ।

एक विज्ञप्ति जारी गर्दै निगमले भनेको छ ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ ।’