बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक



काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक चलिरहेको छ । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

जारी बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए । काठमाडौंबाट आइतबार बिहान उडेको जहाज बिहान ११ बजे पोखराको सेती खोंचमा दुर्घटना भएको थियो ।