बागमतीमा विकास निर्माणका कार्यले गति लिन्छ : कानुनमन्त्री श्रेष्ठ 



सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन् । 

नेकपा (माओवादी केन्द्र) सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणका कामलाई सही तवरले अगाडि बढाउन सरकार अग्रसर रहेको स्पष्ट पारे । 


मन्त्री श्रेष्ठले प्रदेशका सबै जिल्लाका विकास निर्माणदेखि जनताका समस्या हल गर्दै प्रशासनिक कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘चुनावका बेला जेजस्ता प्रतिबद्धताहरू गरियो सबै अक्षरस पूरा गर्न नसकेपनि धेरैभन्दा धेरै प्रतिबद्धता पूरा गर्नेछु ।’