बहुसांस्कृतिक विशेषतालाई पहिचानका रुपमा स्थापित गरिने



काठमाडाैँ । सरकारले पर्यटन, संस्कृति र सामाजिक सद्भावलाई देशको पहिचान एवं गौरवका रूपमा स्थापित गर्ने भएकाे छ । राष्ट्रिय एकता, बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचानका रुपमा विकास गर्ने नीति सरकारले लिएको छ ।

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा पर्यटनको समग्र विकासमार्फत आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिइएको छ । कोभिड महामारीबाट अत्यधिक प्रभावित पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालासँगको परामर्शमा पर्यटन पुनत्थानका कार्यक्रम अगाडि ल्याउने उद्घोष गरिएको छ ।


पर्यटकीय पूर्वाधारको विकास गर्दै पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवद्र्धन गरी दीगो पर्यटनको आधार तयार गर्ने विषय उक्त कार्यक्रममा समेटिएको छ । गुणस्तरीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न पर्यटकीय सेवाका विस्तार गर्ने, नेपाली सभ्यता, भाषा, धर्म, संस्कृति र जातजातिको संरक्षण एवं विकास गर्ने विषय नीतिगत प्राथमिकतामा परेको छ ।

विविधता र बहुलतालाई नेपालको सम्पदाका रूपमा विकास गर्ने, अन्धविश्वास, रुढी, सामाजिक जातीय विभेद, विकृति–विसङ्गति एवं शोषण अन्त्य गर्ने, अधिकारको सम्मान, सामाजिक न्यायको प्रत्याभूति र सामाजिक सौहार्दता, जातीय सद्भाव र सांस्कृतिक सहचार्यका माध्यमबाट समुन्नत समाज निर्माण गर्ने विषय सरकारको न्यूनतम कार्यक्रममा परेको छ ।