‘फकल्याण्ड युद्धमा बाँचेर आएको तँलाई मन्त्री भएको देख्न रहेछ’



काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्ने पक्का भएपछि माओवादी नेता सुदन किराँतीले अस्पताल पुगेर विरामी बुवासँग आशिर्वाद लिएका छन् । सामाजिक सञ्जालमार्फत बुवासँग भेटेको तस्बिर राख्दै किराँतीले ‘डाँडाको जुन घाम जस्तै बुवासँग कुराकानी’ सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती अस्पताल पुग्दा बुवा हर्कबहादुर राई बेडमा आराम गरिरहेका थिए ।


पूर्व लाहुरे हर्कबहादुर पक्षघातले थलिएका छन् । किरातीले बुवालाई भने, ‘बुवा म मन्त्री हुने भएँ ।’ आफूले मन्त्री बनेको खबर बुवालाई सुनाउँदा सपना हो कि विपना हो ? भनेर सोधेको सुदनले उल्लेख गरेका छन् । ‘हँ’ होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो ?’ उनका बुवाले सोधेको प्रश्नसहित जवाफमा किँरातीले भनेका छन्, ‘हो बुवा साँच्चै हो बिपना नै हो ।’ बुवाले अहिलेसम्म वंशमा कोही वडाअध्यक्षसम्म नभएको बताउँदै राम्रो गर्न आफूलाई सुझाव दिएको किराँतीले बताएका छन् ।