प्रेमप्रसाद आचार्यका श्रीमतीले दिइन् १२ जनाविरुद्ध जाहेरी



काठमाडौँ । गत मंगलबार संघीय संसद् भवनअगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको श्रीमती १२ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । मृतक आचार्यले नाम लिएका व्यक्तिविरुद्ध उनका श्रीमती नानुका आचार्यले जाहेरी दिएकी हुन् ।

इलामका आचार्यले मंगलबार आत्मदाह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । आचार्यले नाम लिएका व्यक्तिविरुद्ध उनका श्रीमती नानुले प्रहरीसमक्ष जाहेरी दिएकी हुन् । 


बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको थियो । आचार्यले ठूला व्यापारिक संस्थान, घरानाका कारण आफू आर्थिक रुपमा डुबेको स्टाटसमा आरोप लगाएका छन् ।