काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
एकीकृत समाजवादी सरकारमा जाने या नजाने भन्नेमा अन्योल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र माधवबीच भेटवार्ता भएको हो । आज (बुधबार) सिंहदरबारमा भएको भेटवार्तामा सरकारलाई समर्थन गर्ने विषयमा छलफल भएको बताइएको छ ।प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गरेपछि दुवै नेताबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो ।
नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने/नगर्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ । पार्टीमा छलफल जारी नै रहेका बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।