काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
मंगलबार बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अबैध रहेको ठहर गरेपछि उनी उपप्रधानसहित गृह मन्त्रालय र सांसदबाट पदमुक्त भएका थिए ।