प्रधानमन्त्री दाहाल पोखरा नजाने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा नजाने भएका छन् । प्रधानमन्त्रीसहितको टोली दुर्घटनास्थलतर्फ जाँदा उद्धार प्रभावित हुने भएकाले नजाने निर्णय गरिएको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने दुर्घटनाबारे जानकारी लिन पोखरा जाने तय भएको थियो । तर, अन्तिम समयमा आएर पोखरा जाने कार्यक्रम स्थगित भएको हो ।


काठमाडौँबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका चार जना सदस्यसहित ६८ यात्रु सवार थिए । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनामा परेको हो ।