तान्जानियामा सवारी दुर्घटनामा परी एकै परिवारका चार जनाको मृत्यु



तान्जानियाको पूर्वी क्षेत्र मोरोगोरोमा भएको सवारी दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको छ ।

मोरोगोरो क्षेत्रका किलोसा जिल्ला आयुक्त माजिद म्वाङ्गाले मोरोगोरो–डोडोमा राजमार्गमा एउटा ट्रकसँग परिवार यात्रा गरिरहेको कार ठोक्किएर दुर्घटना भएको जानकारी दिए ।


सेन्ट जोसेफ हेल्थ सेन्टरका वरिष्ठ मेडिकल अफिसर मनिले कापोन्गोले केन्द्रमा दुई पुरुष, एक महिला र एक बालकसहित चारवटा शव प्राप्त भएको जानकारी दिए ।